महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने
महोत्तरी | मंसिर ५, २०७९
महोत्तरी: लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लड्नुभएका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो ।
उहाँका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका तथा मतपत्र रुजु हुने काम भइरहेको छ । अहिले सर्बदलीय बैठक पनि बस्न बाँकी रहेकाले दिउँसो ३ बजेदेखि यहाँको मतगणना सुरु गरिने भएको हो । यस क्षेत्रमा जम्मा ९९ हजार नौ सय ३० मतदाता रहेकामा यस पटकको निर्वाचनमा ५९प्रतिशत३४ मत खसेको छ ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

